दफा १८ङ
निजामती कर्मचारीको सजायको अभिलेख राख्ने
(१) सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित
निकायले निजामती कर्मचारीको सजायको अभिलेख राख्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम राखिएको अभिलेखलाई देहायबमोजिमको अवधिभर विभागीय प्रमुखमा पदस्थापन गर्दा, कायम मुकायम मुकरर गर्दा, कुनै पनि निकायको प्रमुखको पदमा जिम्मेवारी दिँदा, कार्यसम्पादन मूल्यांकन गर्दा, निजामती सेवा पुरस्कार वा विभूषण प्रदान गर्दा, अध्ययन वा तालिममा मनोनयन गर्दा, स्तर वृद्धि गर्दा र अन्य कुनै किसिमको अवसर प्रदान गर्दा आधार लिनुपर्नेछः–
(क) नसिहत पाएकोमा सो सजाय पाएको मितिले एक वर्षको अवधिभर,
(ख) निलम्बन भएकोमा सो अवधिभर,
(ग) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(घ) तलब वृद्धि रोक्का भएकोमा रोक्का अवधिभर ।